
काठमाडौं । फिल्म ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत ‘हराएँ हराएँ’ सोमबार सार्वजनिक भएको छ । ताराप्रकाश लिम्बूले संगीत गरेको गीतमा लिम्बूले अनु चौधरीसँग गायनमा सहकार्य गरेका छन् ।
गीतको भिडियोमा आकाश श्रेष्ठ र पूजा शर्मा फिचर्ड छन् । आनन्द अधिकारीको शब्द रचना रहेको गीतलाई विदेशमा छायांकन गरिएको छ । यो रोमान्टिक गीतले फिल्मका दुई मुख्य पात्रबीचको प्रेम सम्बन्धलाई स्थापना गर्छ ।
सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’मा सोनम थोप्देनको समेत मुख्य भूमिका छ । फिल्मले तीन मुख्य पात्रको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गर्छ । फिल्म भदौ १७ गते रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4