+
+
Shares

‘आबाट आमा २’ मा जोडिए आकाश, शनिबारसम्मको कमाइ कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १६ गते १४:२४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता आकाश श्रेष्ठले सुपरहिट फिल्म ‘आबाट आमा’ को दोस्रो श्रृंखलामा सोमबार लिखित सम्झौता गरेका छन्।
  • निर्देशक चन्द्र पन्तले आकाश श्रेष्ठलाई फिल्मको शीर्ष भूमिकामा अनुबन्धित गरिएको जानकारी दिनुभयो।
  • फिल्मको दोस्रो श्रृंखला बैशाखदेखि छायांकन सुरु भई दशैं छेकोमा प्रदर्शन हुने चर्चा छ।

काठमाडौं । सुपरहिट फिल्म ‘आबाट आमा’ को दोस्रो श्रृंखलामा अभिनेता आकाश श्रेष्ठ अनुबन्धित भएका छन् । निर्मातासँग सोमबार उनले लिखित सम्झौता गरेका छन् ।

निर्देशक चन्द्र पन्तले अभिनेता श्रेष्ठलाई शीर्षमध्येको एक भूमिकामा अनुबन्धित गरिएको जानकारी दिए । उनले भने, ‘हामीले फिल्मको कथाको आवश्यकताअनुसार आकाशजीलाई अनुबन्धित गरेका हौैं ।’

यसअघि यो फिल्ममा पल शाह र विपना थापा अनुबन्धित भैसकेका छन् । पहिलो भागपछि दोस्रोमा यी दुई कलाकारको पुनरागमन हो ।
आर्या इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण हुने फिल्मको छायांकन बैशाखदेखि सुरु हुने जनाइएको छ ।

दोस्रो श्रृंखलाको प्रदर्शन आगामी दशैं छेकोमा हुने चर्चा छ ।

‘आबाट आमा’ ले पछिल्लो शनिबारसम्म देशब्यापी १३ करोड १० लाख ९२ हजार ७७५ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यसलाई ५ लाख ३ हजार ११४ जना दर्शकले हेरेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?