+
+
Shares

आकाश श्रेष्ठको पुनरागमन पक्का, साइन गरे नयाँ एक्सन फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता आकाश श्रेष्ठले निर्देशक रुपेश तामाङको अनटाइटल एक्सन फिल्मबाट पुनरागमन गर्ने सम्झौता माघे सक्रान्तिमा गरेका छन्।
  • फिल्मको कथा सुमन गजमेरले लेखेका हुन् र छायांकन फागुन अन्तिमबाट सुरु गरिने तयारी छ।
  • आकाशले सन् २०१६ मा 'म त तिम्रै हुँ' बाट फिल्म करिअर सुरु गरेका थिए र पछिल्लो पटक १८ अगस्ट २०२३ मा 'हिँड्दा हिँड्दै' मा देखिएका थिए।

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ केही वर्षदेखि ठूलो पर्दामा शीर्ष भूमिकामा देखिएका छैनन् । उनले यसबीचमा केही फिल्ममा भने अतिथि भूमिकामा काम गरेका थिए ।

आकाशले थुप्रै म्यूजिक भिडियोमा काम गरेपनि फिल्मका लागि भने राम्रो कथाको प्रतीक्षा गरिरहेको बताउँदै आएका थिए । तर, अब भने फिल्ममा उनको पुनरागमन पक्का भएको छ ।

श्रेष्ठले यसअघि ‘जय शम्भु’ र ‘दान्भी’ जस्ता एक्सन फिल्म निर्देशन गरेका रुपेश तामाङको अनटाइटल प्रोजेक्टबाट फिल्ममा कमब्याक गर्ने पक्का भएको हो ।

माघे सक्रान्तिको अवसरमा बिहीबार आकाश र निर्माताबीच लिखित सम्झौता भएको छ । फिल्मलाई एक्सन जनरामा बनाउने र आकाशलाई यसअघि नदेखिएको अवतारमा देखाउने तयारी रुपेशको छ ।

आकाश पनि यो फिल्मलाई लिएर निकै उत्साहित छन् । कथा सुमन गजमेरले लेखेका हुन् । छायांकन फागुन अन्तिमबाट सुरु गर्ने तयारी छ ।

शीर्षक, अन्य कलाकार र प्राविधिकको बारेमा क्रमशः जानकारी गराइने भएको छ । जुना फिल्मस्को ब्यानरमा यो फिल्म निर्माण हुनेछ ।

आकाशको कुरा गर्दा, उनी पछिल्लो पटक १८ अगस्ट, २०२३ मा रिलिज भएको कथानक ‘हिँड्दा हिँड्दै’ मा देखिएका थिए । सन् २०१६ मा ‘म त तिम्रै हुँ’ बाट फिल्म करिअर थालेका उनले त्यसयता १० फिल्ममा काम गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?