+
+
Shares

त्रिवि तालाबन्दीविरुद्ध संकलन गरेको हस्ताक्षर अनेरास्ववियुले उपकुलपतिलाई बुझायो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते २०:४८

३१ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा भइरहेको निरन्तर तालाबन्दीको विरोध गर्दै अनेरास्ववियुले संकलन गरेको हस्ताक्षर उपकुलपतिलाई बुझाएका छन् ।

नेविसंघले सत्ताको आडमा त्रिभुवन विश्वविद्यालयलाई अराजकता र ताला बन्दीको केन्द्रबिन्दु बनाई रहेको भन्दै विरोध स्वरुप अनेरास्ववियुले आईतबार र सोमबार हस्ताक्षर संकलन गरेको थियो ।

हस्ताक्षर कार्यक्रममा १५ सय जनाको हस्ताक्षर संकलन गरिएको अनेरास्ववियु त्रि.वि जिल्ला कमिटीका अध्यक्ष शम्भु भट्टले बताए । १२ मिटर लामो कपडामा संकलित हस्ताक्षर र अनेरास्ववियु त्रि.वि जिल्ला कमिटीको ज्ञापन पत्रसहित त्रिभुवन उपकुलपति प्रा.डा धर्मकान्त बास्कोटालाई बुझाएको अध्यक्ष भट्टले बताए । उपकुलपतिसँग कुलपति प्रधानमन्त्री शेरबहादुर देउबालाई बुझाई दिन अनुरोध गरेको बताए ।

‘यदि यो विश्वविद्यालयका कुलपतिले यी पन्ध्र सय आवाज हरुलाई बेवास्ता गरेर अझै पनि विश्वविद्यालयलयलाई गुमराहमा राख्ने चेस्टा गरे अनेरास्ववियु त्रि.वि जिल्ला कमिटी यस्ता गलत प्रवृत्ति भण्डाफोर गर्दै सशक्त आन्दोलमा जाने जानेछौं । यी हस्ताक्षरहरुले बोल्न खोजेको आसय बेवास्ता नगर्न अनुरोध गर्छौं ।’ बुझाएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?