+
+

मुवाथाई युथ विश्व च्याम्पियनसिपमा प्राप्ती बतासले जितिन् कांस्य

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १७:०४

१ भदौ, काठमाडौं । नेपाली खेलाडी प्राप्ती बतासले मलेसियामा जारी मुवाथाई युथ विश्व च्याम्पियनसिपमा कांस्य जितेकी छिन् ।

१४ वर्षीया प्राप्ती नेपालबाट यो प्रतियोगितामा सहभागी भएकी एक्ली खेलाडी हुन् ।

इन्टरनेशनल फेडेरेसन अफ मुवाथाई एशोसिएसन्स (आईएफएमए)ले आयोजना गरेको युथ विश्व च्याम्पियनसिपमा प्राप्तीले जुनियर १४–१५ वर्ष उमेर समूहअन्तर्गत ५१ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी हुन् ।

सुरुवाती दुई फाइट जितेकी उनी मंगलबार भएको सेमिफाइनल स्पर्धामा टर्कीकी इलाड्य डेरेओजुसँग २७–३० अंकका आधारमा पराजित भएपछि फाइनलमा पुग्न चुकेकी हुन् ।

यसअघि अघिल्लो शुक्रबार सम्पन्न पहिलो चरणको प्रतिस्पर्धामा उनले मलेसियाकी नूर फार्जाना हस्ना विन्ती शारेलाम्देनलाई ३०–२७ अंकले पराजित गरेकी थिइन् ।

क्वाटरफाइनलमा उनले आईएमएफए ८ की चेरेलिन क्रिस्टल चान क्वी क्वीलाई २९–२९ को साँघुरो स्कोरमा हराएकी थिइन् ।

पछिल्लो १५ महिनादेखि जिमखानामा प्रशिक्षण लिइरहेकी उनी घरेलु मुवाथाईमा यू–१६ तर्फ राष्ट्रिय च्याम्पियनसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?