+
+

बागमती नदी महोत्सव शनिबार, र्‍याफ्टिङसहितका गतिविधि हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १२:५९
फाइल तस्वीर

२ भदौ, काठमाडौं । २२ औं बागमती नदी महोत्सव शनिबार हुने भएको छ । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन बागमती नदी महोत्सव आयोजना गरिंदै आएको छ ।

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको आयोजना र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा र्‍याफ्टिङसहितका गतिविधि हुनेछन् ।

शनिबार बिहान ७ बजेदेखि कुपण्डोल, बागमती पुल, ललितपुरबाट जलयात्रा सुरु गरिने भएको छ ।

बागमती काठमाडौं सभ्यताको मुख्य आधार भएको भन्दै संरक्षणको आवाज उठाउन थालिएको हो । विभिन्न सरकारी, गैरसरकारी, व्यापारिक संघसंस्था तथा काठमाडौं उपत्यकावासीका कारणले काठमाडौं सहरका साथै बागमती नदीको वातावरण दूषित भएको भन्दै महोत्सव आयोजना भइरहेको छ ।

बागमतीको सामाजिक तथा धार्मिक इतिहास बोकेको सुन्दर र महत्वपूर्ण नदी ढलमा परिणत भएको भन्दै अभियन्ताहरुले यो अभियान चलाउँदै आएका छन् ।

नाराका अध्यक्ष शिव अधिकारी र केन्द्रका अधयक्ष मेघ आलेले सबैलाई नदीनजिक पुर्‍याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराउन महोत्सवले भूमिका खेल्ने बताएका छन् । यस अभियानका दौरान बागमतीमा र्‍याफ्टिङ हुनेछ । साथै सहभागीले नदी सरसरफाई पनि गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?