+
+

फाइजर खोप पाँच वर्ष मुनिका बच्चालाई ७३ प्रतिशत प्रभावकारी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते २१:१२

१ भदौ, लस एन्जलस । कोरोना भाइरस विरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको लागि प्रभावकारी भएको पाइएको छ ।

फाइजर आफैले गरेको अध्ययनबाट छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई फाइजर खोप ७३ प्रतिशत प्रभावकारी रहेको देखाइएको हो ।

यो खोप लगाएका ७३ प्रतिशत बालबालिकालाई कोरोना भाइरसको सङ्क्रमण हुनबाट बचाएको दावी गरिएको छ ।

अमेरिकी खाद्य तथा औषधी प्रशासनले आपतकालीन अवस्थामा मात्रै यो खोप लगाउन सिफारिस गरेको थियो ।

अध्ययनले खोप प्रभावकारी देखिएपछि बालबालिकाहरूलाई फाइजर खोप लगाउन प्रेरित गर्न पनि उनीहरूले सुझाव दिएका छन् ।

विश्वका धेरै देशमा फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई पनि लगाइँदै आएको छ । यस अध्ययनले खोपलाई निरन्तरता दिँदै विस्तार गर्न थप उत्प्रेरित गर्ने भएको छ ।

स्वास्थ्य अधिकारीहरूले आपतकालीन अवस्थामा मात्रै पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई खोप लगाउन सुझाव दिने गरेपनि अव भने यो खोप सबैलाई नियमित रुपमा लगाउन फाइदाजनक नै हुने देखाइएको छ । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?