+
+

कोरोना खोप नलगाएका जोकोभिचले यूएस ओपन पनि खेल्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते ९:०१

१० भदौ, काठमाडौं । विश्व नम्बर वान टेनिस खेलाडी सर्वियन नोभाक जोकोभिचले यूएस ओपन पनि गुमाउने भएका छन् ।

यूएस ओपन यही अगष्ट २९ देखि अमेरिकामा सुरु हुँदैछ । तर २१ पटकका ग्राण्डसलाम विजेता ३५ वर्षी जोकोभिच भने सहभागी हुने छैनन् ।

सन् २०२१ अक्टोबरदेखि अमेरिकाले कोभिड भ्याक्सिन नलगाएकाहरुलाई देशमा प्रवेश गर्न दिइएको छैन ।

भ्याक्सिन नलगाएकै कारण जोकोभिचले वर्षको पहिलो ग्राण्डसलाम अष्ट्रेलियन ओपन खेल्न पाएनन् । उनी अष्ट्रेलिया पुगेर पनि फर्कनुपरेको थियो ।

जोकोभिचले बिहीबार सामाजिक संजाल ट्वीटरमा युएस ओपनका लागि आफू न्युयोर्क भ्रमण गर्न नसक्ने बताएका हुन् ।

जोकोभिचले अमेरिका जान नसक्ने बताए पनि उनले भ्याक्सिन नलगाएकोले खेल्न जान नपाएका हुन् । जसकारण जोकोभिचले अमेरिका जान अनुमति पाएका छैनन् ।

जोकिभच यूएस ओपनको इन्ट्री लिस्टमा थिए र उनले अनुमति दिएमा आफू खेल्ने तयारी गरिरहेको जुलाई ३०मा बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?