+
+

पत्रकारको क्षमता बढाउन सेजन र नेपाल बार एसोसिएसनबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १५:२०

१५ भदौ, काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल बार एसोसिएसनबीच आर्थिक पत्रकारहरुलाई आर्थिक तथा व्यवसायिक कानुनसम्बन्धी क्षमता अभिवृद्धि गर्ने बारे समझदारी भएको छ ।

बुधबार नेपाल बार एसोसिएसनको कार्यालय रामशाहपथमा एक कार्यक्रमका बीच दुई पक्षबीच सम्झौता गरिएको छ । सम्झौतामा बारको तर्फबाट महासचिव अन्जिता खनाल र सेजनको तर्फबाट महासचिव भागवत भट्टराईले हस्ताक्षर गरे ।

आर्थिक तथा व्यावसायिक कानुनका विषयमा सेजनका सदस्यको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्ने तालिममा एसोसिएसनको तर्फबाट स्रोत व्यक्ति उपलब्ध गराउनेबारे द्विपक्षीय सम्झौतामा उल्लेख छ । तालिमका लागि स्रोत व्यक्तिका रुपमा अर्थ क्षेत्रसँग सम्बन्धित विज्ञ वरिष्ठ अधिवक्ताहरु बार एसोसिएसनले उपलब्ध गराउने भने अन्य व्यवस्थापन सेजनले गर्ने समझदारीपत्रमा उल्लेख छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल बार एसोसियसनका बागमती प्रदेश उपाध्यक्ष हर्कबहादुर रावलले यस्ता किसिमका क्षमता विकास कार्यक्रमले समग्र आर्थिक विकासमा टेवा पुग्ने बताए । ‘मुलुकको आर्थिक सामाजिक विकासमा प्रोफेसनलहरुबीचको सहकार्यले महत्वपूर्ण योगदान गर्छ’ उपाध्यक्ष रावलले भने ।

बारकी महासचिव अन्जिता खनालले सेजनसँगको सहकार्यले बारलाई समेत सम्बन्धित विषयका विज्ञहरुको रोष्टर तयार पार्न सहयोग पुग्ने बताइन् । यो सहकार्यको सुरुवात भएको भन्दै आगामी दिनमा अझ बढी सहकार्यका ढोका खुल्ने उनले बताइन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा सेजनका अध्यक्ष जनार्दन बरालले आर्थिक पत्रकारलाई आर्थिक तथा व्यावसायिक कानुनको रिपोर्टिङ तथा सम्पादन गर्न तालिम महत्वपूर्ण सावित हुने बताए ।

‘आर्थिक कानुनका विषयमा पत्रकारहरुको क्षमता विकासले पत्रकारिताको गुणस्तर विकास हुन्छ, जसले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्नसक्छ,’ अध्यक्ष बरालले भने । उनले पत्रकारले सिक्दा सही समाचार सम्प्रेषण हुने र यसले समाचारको गुणस्तर र विश्वसनीयता समेत बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?