+
+

रुपन्देही-२ बाट गृहमन्त्री खाणसहित ३ जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १३:१२

१६ भदौ, बुटवल । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ गृहमन्त्री बालकृष्ण खाण रुपन्देही-२ बाट सिफारिस भएका छन् ।

नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको नाम सिफारिस गरेको हो ।

खाण २०७४ को निर्वाचनमा समानुपातिकमा थिए । रुपन्देही-२ मा २०७४ सहित त्यसअघिका तीनवटा संसदीय चुनावमा एमाले नेता विष्णु पौडेलले जित्दै आएका छन् ।

कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले गृहमन्त्री खाण रुपन्देही ३ बाट पनि सिफारिस हुन सक्ने बताए । गिरी २०७४ को चुनावमा पौडेलसँग पराजित भएका थिए ।

चुन्नुप्रसाद पौडल निजी अस्पताल, चाउचाउ, हाउजिङ, होटेल र सुर्तीलगायत उद्योगका सञ्चालक हुन् ।

यस्तै रुपन्देही ४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा कांग्रेसले प्रमोद यादवलाई एकल सिफारिस गरेको छ । उनी २०७४ को चुनावमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?