+
+

अखिल क्रान्तिकारीले चुनाव लक्षित फोर्स गठन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १३:३१

१६ भदौ, काठमाडौं। नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले चुनाव लक्षित क्रान्तिकारी फोर्स गठन गर्ने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा हुने २२ भदौको कार्यक्रममा उक्त फोर्स गठन हुन लागेको हो ।

चुनावी प्रयोजनका लागि संगठनका देशभरका कार्यकर्ताहरुमध्यबाट छानेर संगठित दस्ता बनाउन लागिएको अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनले जानकारी दिए ।

माओवादीले यसअघि वाईसीएललाई यस्तो दस्ताको रुपमा प्रयोग गर्दै आएको थियो । मंसिर ४ गते हुने आगामी प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा संगठनलाई देशभर परिचालन गर्ने पुनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?