+
+

संघ र प्रदेशको चुनावमा नलड्ने उद्धव थापाको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १३:५५

१६ भदौ, काठमाडौं । आगामी मंसिर ४ गते हुने  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रदेश-१ का नेपाली कांग्रेस सभापति उद्धव थापाले उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

झापा-२ बाट उम्मेदवार हुने चर्चा चलिरहेकै बेला थापाले दुवै तहमा प्रतिस्पर्धा नगर्ने बताएका छन् ।

‘प्रतिनिधि सभा र प्रदेश सभा कतै पनि मैले उम्मेदवारी दिन्न,’ थापाले अनलाइनखबरसँग भने,‘तालमेलका उम्मेदवारलाई जिताउने मेरो जिम्मेवारी हुन्छ । आफू चाहिँ लड्दिन ।’
मुख्यमन्त्रीको सुनिश्चित गर्ने गरी प्रदेशसभाको उम्मेदवार हुने चर्चामा सत्यता नरहेको उनले बताए ।

झापाका पूर्व सभापति थापा नेता कृष्णप्रसाद सिटौला निकट हुन् । थापाले संस्थापन पक्षको साथमा प्रदेश १ को सभापति जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?