+
+
फोटो कथा :

नेपालको मुहार : वन्यजन्तुदेखि जीवनशैलीसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १८ गते १०:४२
सर्वोत्कृट भएको डोल्पास्थित फोक्सुन्डो तालको तस्वीर ।

१८ भदौ, काठमाडौं । टिलपिल जलकुण्ड, जहाँ निलो आकाशको प्रतिछाया परेको छ । दुई छेउमा गगनचुम्बी टाकुरा । त्यसैको एकछेउमा उदाउँदै गरेको घाम । कम्ता मनमोहक छैन, फोक्सुन्डो तालको यो छायाचित्र ।

टासी आर घलेले आफ्नो क्यामेरामा कैद गरेको यही तस्वीर ‘प्रेजेन्टिङ नेपाल फोटो प्रतियोगिता-२०२२’ मा सर्वोत्कृट भएको छ ।

डोल्पा जिल्लामा अवस्थित नेपालको सबैभन्दा गहिरो ताल फोक्सुन्डोमा सूर्योदय हुँदै गरेको यो तस्वीरले अरु तस्वीरलाई पछि पारेको हो ।

प्रतियोगितामा कल्चर, नेचर, वाइल्ड लाइफ र लाइफ स्टाइल जस्ता विभिन्न विधा राखिएको थियो ।

यसअन्तर्गत संस्कृति विधामा रोजन महर्जनको पाटनमा मनाइने कात्तिक नाचको तस्वीरले उपाधि जित्यो भने वाइल्ड लाइफमा विनय रावलको बर्दिया राष्ट्रिय निकुन्जमा खिचिएको बाघको तस्वीर उत्कृष्ट ठहरियो ।

जीवनशैली विधा अन्तर्गत माटाको भाडा बनाउँदै गरेको शुशील श्रेष्ठको तस्वीरले उपाधि जितेको थियो ।

प्रत्येक विधामा विजेताहरूलाई पर्यटन तथा संस्कृति मन्त्री जीवनराम श्रेष्ठले जनही पचास हजार रुपैयाँसहित प्रमाण पत्र दिएका थिए ।

प्रतियोगितामा ७ सय जना फोटोग्राफरका २ हजार ७ सय फोटो सामेल थियो । जगदिश तिवारी, राजेन्द्र बाँनिया, मनोज ज्ञवाली, नन्दी नीलाह थापा र भरतबन्धु थापा निर्णयक रहेको प्रतियोगितामा सहभागीमध्ये उत्कृष्ट ५० वटा तस्वीर प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?