+
+

चोलेन्द्रले गरे ओली र पौडेलको प्रशंसा

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ भदौ २६ गते १६:१७

२६ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिमा बयान लिइरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सर्वोच्च अदालतको भवन निर्माणमा सहयोग गरेको भन्दै तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीको प्रशंसा गरेका छन् ।

आइतबार बयानका क्रममा समितिले सर्वोच्चको भवन ठेक्कामा अनियमिताता भएको विषयमा प्रश्न सोधिएको थियो । जवाफका क्रममा जबराले ठेक्कामा कुनै अनियमिता नभएको जिकिर गरे । बरु यो भवन बनाउन सहयोग गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको प्रशंसा गरे ।

उनले भनेका छन्, तत्कालीन अर्थमन्त्रीज्यू अहिले यहाँ नै हुनुहुन्छ । उहाँको सौहाद्रपूर्ण सहयोगात्मक सहयोग नभएको भए अनि तत्कालीन प्रधानमन्त्रीज्यू सकारात्मक नहुनु भएको भए त्यहाँ एकदमै जटिल अवस्था थियो ।’

कोभिडको समयमा बजेट नै नभएको बेला तत्कालीन अर्थमन्त्रीले बजेट दिएको उनले सुनाए । भवनका लागि जग्गा जुटाउन तत्कालीन प्रधानमन्त्रीले सहयोग गरेको उनले बताए । जबराले भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मैले धेरै ठाउँमा आभार व्यक्त गरेको छु । अर्थमन्त्रीज्यूको आभारी व्यक्त गरेको छु, किनभने भवन बन्ने ठाँउमा नेपाली सेनाको घोडातबेला थियो । एकातिर घोडातबेला अर्कोतर्फ पुरातत्व विभाग थियो ।’

धेरै प्रयासपछि सैनिक हटाउन पश्चिम र उत्तरतर्फको जग्गा मिलाइदिएको भन्दै उनले ओलीको प्रशंसा गरेका छन् ।

ठेक्का सदर कसले गर्ने भन्नेमा अलमल भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सोधिएको भन्दै उनले भनेका छन्, ‘यस अदालतबाटै आवश्यक निर्णय हुन लेखी आएको कार्यालय प्रमुखले नै भनेको हुनाले प्रधानन्यायाधीशले गरेको हो ।’

बैठकपछि कांग्रेस सचेतक मीन विश्वकर्माले भवन निर्माणको ठेक्का आफूले सदर गरेको जबराले स्वीकार गरेको बताए । उनले अघि भने, ‘त्यहाँ उहाँले के भन्नुभयो भने मलाई तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले सहयोग पनि गर्नु भएको छ । अर्थमन्त्री यही पनि हुनुहुन्छ । उहाँले नै सहयोग गरेका कारण म सफल भएको हुँ । स्वभावतः त्यो रजिष्टारले गर्नुपर्ने हो, तर अर्को पनि काुननी व्यवस्था कार्यालय प्रमुख भनेको हुनाले कार्यालय प्रमुख म हो कि भनेको हुनाले मैले सही गरेको हुँ भनेर स्वीकार गर्नु भएको छ ।’

*अपडेट र हेडलाइन परिवर्तन गरिएको छ । – सम्पादक

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?