+
+

श्रीलंकाले जित्यो टी-२० एसिया कपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते ६:४५

२७ भदौ, काठमाडौं । टी-२० एसिया कप २०२२ को उपाधि श्रीलंकाले जितेको छ । बलरहरू चम्किंदा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंकाले उपाधि हात पारेको हो ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले पाकिस्तानलाई जितका लागि १७१ रनको लक्ष्य दिएको थियो । तर, पाकिस्तानले उक्त लक्ष्य निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन मात्रै बनायो ।

पाकिस्तानका मोहम्मद रिजवानले ५५ रनमा बनाए पनि कप्तान बाबर आजम ५ रनमै आउट भए ।

इफित्खार अहमदले ३२ रन  र हरिस रौफले १३ रन बनाउन बाहेक अन्य ब्याटरले  दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकाका प्रमोद मदुशनले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए, स्पिनर वानिन्दु हसरंगाले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । यस्तै, चामिका करुणारच्ने दुई र महेथ थिक्सेनाले एक विकेट लिए ।

दुबई इन्टरनेशल स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

श्रीलंकाका भानुका राजपक्षे अविजित सर्वाधिक ७१ रन बनाए, वानिन्दु हसरंगा ३६, धनन्जय डे सिल्भाले २८ र चमिकाले १४ रन बनाएका थिए ।

श्रीलंकाको यो छैटौं एसिया कप उपाधि हो । श्रीलंकाले सन् २०१४ पछि उपाधि जितेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?