+
+

कपन डुबान समस्या समाधानको दीर्घकालीन समाधान खोजिंदै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २७ गते ६:५८

२७ भदौ, काठमाडौं । काठमाडौंको कपनमा हुने डुबान समस्या समाधान गर्न सहरी विकास मन्त्रालयले नयाँ आयोजना तयार गरेको छ ।

कपन तथा बुढानीलकण्ठ क्षेत्रका साना खोलाहरूलाई सडक बनाएपछि विकसित डुबानलाई व्यवस्थापन गर्नका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणले दीर्घकालिन अवधारणा ल्याएको हो । एक सातामा मन्त्रिपरिषद्बाट पास गर्ने गरी ‘धोबीखोला कोरिडोर कपन-बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ ल्याउन लागेको हो ।

उपत्यका विकास प्राधिकरणमा नयाँ आयोजनाबारे आइतबार (हिजो) भएको सार्वजनिक छलफलमा सहरी विकास मन्त्री मेटमणी चौधरीले डुबानको समस्या समेत हल हुनेगरी छिट्टै धोबिखोला कोरिडोर विस्तारका लागि एकीकृत गुरुयोजना अघि बढ्ने बताए ।

सहरी विकास मन्त्री चौधरीले आयोजना विस्तार गर्दा जनताको उठिबास नहुने गरी प्राकृतिकरूपले योजना अगाडि बढाउनुपर्ने धारणा राखे ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पहलमा भएको कार्यक्रममा थापाले भने, ‘पटकपटक गरेको प्रयास खुद्रे भएकाले डुबानको समस्या समाधान हुन नसकेको हुनाले अब दीर्घकालीन आयोजनाको प्रयास गरिएको बताए ।

खोलोलाई सडक बनाउनेहरूले नै अहिले समस्या समाधान नगरेको भनेर आफूलाई गाली गरिरहेको बताउँदै थापाले भने, ‘आफ्ना क्षेत्रवासीको समस्यामा गाली खान तयार छु ।’

काठमाडौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नवराज प्याकुरेलले उपत्यकामा डुबानको समस्या बढ्न थालेपछि धोबिखोला कोरिडोर आयोजनाको कार्यक्षेत्र विस्तार गर्नुपर्ने आवश्यकता बढेको जनाए ।

उनले आयोजनाको प्रस्तावित नाम ‘धोविखोला कोरिडोर कपन-बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ रहेको बताए । साथै उनले आयोजनाको स्रोतको सुनिश्चितता अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको जानकारी समेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?