+
+

गठबन्धनमा सहमति भए बाराबाट चुनाव लड्छु : किसान श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २८ गते १८:५६

२८ भदौ, दमौली । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा सहमति भए बारा-४ बाट चुनाव लड्ने बताएका छन् ।

सिमरामा मंगलबार पार्टी कार्यकर्ता तथा स्थानीय युवाहरुसँग कुरा गर्दै उनले आफू आवश्यक परे बारा-४ बाट पनि चुनाव लड्नसक्ने बताएका हुन् ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचन श्रेष्ठले तनहुँ-१ बाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए । यसपटक पौडेलले तनहुँ–१ बाटै उम्मेदवार बन्ने बताएपछि नेता श्रेष्ठले आफू आवश्यकता अनुसार बारा-४ बाट चुनाव लड्न सक्ने बताएका हुन् ।

‘मेरो पार्टी एकीकृत समाजवादी र सत्ता गठबन्धनका नेताहरुले बारा-४ मा उम्मेदवार बन्न निर्देशन दिए म यहाँ पनि आउन तयार छु’ उनले भने । यसअघि जुन क्षेत्रमा जुन दलले जितेको छ सो क्षेत्रमा सोही राजनीतिक दलले उम्मेदवार पाउने समझदारी भएपनि गठबन्धनमा सहमति भए तनहुँ-१ छोड्न तयार रहेको बताएका हुन् ।

बारामा उद्योग-व्यवसाय सञ्चालन गर्दै आएका श्रेष्ठलाई गठबन्धन दलका नेता-कार्यकर्ता र स्थानीय बासिन्दाले पनि बारा-४ मा आउन आग्रह गरेका छन् । २०७४ सालमा भएको निर्वाचनमा श्रेष्ठ तनहुँ– १ बाट ३४ हजार ४ सय ९२ मत ल्याई बिजयी भएका थिए भने कांग्रेसका वरिष्ठ नेता पौडेलले २७ हजार ६ सय ९० मत मात्रै ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?