+
+

जापान उडेको नेपाल एयरलाइन्सको विमान आधा घण्टामै काठमाडौं फर्कियो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते ९:२१

२९ भदौ, काठमाडौं । काठमाडौंबाट जापानको नारिता उडेको विमान आधा घण्टामै काठमाडौंमै फर्किएको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाज बुधबार राति ११ बजे नारिताका लागि उडेको थियो । तर, विमान आधा घण्टामै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै अवतरण भयो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजको कार्गो होल यरियामा धुवाँ देखिएको थियो । त्यसपछि जहाज काठमाडौं डाइभर्ट गरेर यात्रुलाई ओरालिएको हो ।

प्राविधिक जाँचपछि यो जहाज आजै नारिता उडेको छ । बुधबार काठमाडौंबाट १८४ जना यात्रु नारिता उडेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?