+
+

सत्यनिरुपण विधेयकको सहमति खोज्न कार्यदल गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १२:२२

२९ भदौ, काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा सहमति खोज्न संसदको मानवअधिकार समितिको बैठकले कार्यदल गठन गरेको छ । सात सदस्यीय कार्यदललाई आज अपराह्न चार बजेसम्मको समय दिइएको छ ।

कार्यदलमा नेकपा एमालेको तर्फबाट शेरबहादुर तामाङ र विमला विक, नेपाली कांग्रेसबाट मीन विश्वकर्मा र अतहरकमाल मुसलमान, माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन तथा लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य छन् ।

कार्यदलको बैठक आज दिउँसो २ बजे बस्ने छ । त्यसपछि आजै अपराह्न ४ बजे समितिको पूर्ण बैठक बस्ने छ । त्यतिन्जेलसम्म मस्यौदामा सहमति जुटाउने मुख्य जिम्मेवारी कार्यदललाई दिइएको छ ।

समितिबाट यो विधेयक पारित गरेर आजै प्रतिनिधिसभामा विधेयकको प्रतिवेदन पेश गर्ने सरकार र सत्तारुढ दलहरुको तयारी छ । तर केही प्रावधानमा दलहरुबीच सहमति जुट्न सकेको छैन ।

विधेयकमा एमालेले द्वन्द्वकालीन समयका घटनाका हत्यालाई गम्भीर मानव अधिकार उलंघनभित्र राखेर परिभाषित गर्नुपर्ने अडान लिएको छ । एमालेको अडानमा निकास खोज्न हत्याको प्रकृतिलाई वर्गीकरण गर्ने प्रस्ताव पनि कतिपयले राखेका छन् ।

यही मध्यमार्गी प्रस्तावउपरको छलफलमा भाग लिनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पहिलो पटक मानव अधिकार समितिको बैठकमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?