+
+

नवौँ राष्ट्रिय खेलकुदको क्रिकेटमा कर्णालीको दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १३:३७

२९ भदौ, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित हात पारेको छ ।

समूह ए अन्तर्गत बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले गण्डकी प्रदेशलाई ८ रनले पराजित गरेको हो ।

१३ ओभरमा छोट्याइएको खेलमा कर्णालीले दिएको ९३ रनको लक्ष्य पछ्याएको गण्डकीले १३ ओभरमा ९ विकेट गुमाएर ८५ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि सन्दीप क्षेत्रीले सर्वाधिक ४९ रन बनाए । इनिङ्सको अन्तिम बलमा आउट भएपछि उनी अर्धशतक बनाउनबाट चुके ।

अनिल गुरुङले १४ रन बनाए भने गण्डकीका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका लागि दिनेश अधिकारीले ३ विकेट लिए यस्तै प्रकाश जैशी र अनुज चुनाराले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १३ ओभरमा ७ विकेट गुमाएर ९३ रन बनाएको थियो । कर्णालीका लागि प्रकाश जैशीले सर्वाधिक १९ रन बनाए भने विपिन रावल र सुबास ऐयरले समान १३ रन बनाए ।

दिनेश अधिकारीले १२ रन बनाए भने सुमित बुढाथोकी १२ रनमा अविजित रहे ।

गण्डकीका अमृत गुरुङले ३ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए ।

समूह एमा दोस्रो जितपछि कर्णालीले ५ खेलबाट ६ अंक जोडेको छ र तेस्रो स्थानमा छ । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको पनि समान ६ अंक नै छ । तर राम्रो नेट रनरेटमा पुलिस शीर्ष स्थानमा छ भने आर्मी दोस्रोमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?