+
+

‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने राष्ट्रपतिको चाहना

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १८:०६

२९ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बाल प्रज्ञा प्रतिष्ठान’ बनाउने चाहना व्यक्त गरेकी छिन् ।

५८ औं राष्ट्रिय बाल दिवसको अवसर पारेर बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित बालबालिकाहरुसँगको अन्तरक्रियामा उनले बालबालिकाहरुको साहित्य र कला प्रस्फुट्न गराउनका लागि छुट्टै प्रतिष्ठान बनाउने चाहना गरिन् ।

राष्ट्रपति भण्डारीले त्यसका लागि आफूले केही प्रयासहरु अगाडि बढाएको उल्लेख गर्दै बालबालिकाको क्षेत्रमा काम गरिरहेका संस्थाहरुलाई पनि त्यसमा चासो राख्न आग्रह गरिन् ।

‘बाल साहित्य सम्बन्धी हामीले छुट्टै प्रज्ञा प्रतिष्ठान बनाउनु पर्छ भनेर हामीले सोच राखेर केही प्रयासहरु अगाडि बढाएका छौं । त्यसमा नेपाल बाल संगठन, किताव चारुजस्ता अरु थुप्र्रै दर्जनौं संस्थाहरु छन, जसले राष्ट्रको भविष्य बालबालिकाप्रति दृष्टिकोण दिइराखेका छन्,’ उनले भनिन् ‘काम गर्ने प्रयास गरिरहेका छन । सबै जनाले त्यसमा पनि चासो राख्दा हुन्छ भन्ने मलाई लाग्दछ ।’

राष्ट्रपति भण्डारीले बालबालिकाहरुको साहित्य र कलाको प्रर्दशनीका लागि आफूले समय दिएरै कार्यक्रम गर्न चाहेको उल्लेख गर्दै त्यसमा कलासहितको उत्कृष्ट प्रर्दशनी हुने विश्वास समेत व्यक्त गरिन् ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले बालबालिकाहरुलाई व्यापक अर्थमा बुझेर सोही अनुसारको कार्यक्रम तय गर्न नेपाल बाल संगठनलाई पनि आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले हरेक वर्ष राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर राष्ट्रपति भवन शीतल निवासमा बालबालिकासँग अन्तरक्रिया गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?