+
+
Shares

पुनः गेसोको नेतृत्वमा फर्किए पदमबहादुर गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते ७:५५

३१ भदौ, काठमाडौं । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का संस्थापक सभापति पदमबहादुर गुरुङले पुनः नेतृत्वमा फर्किएको बताएका छन् ।

उनले पाँच वर्षअघि कृष्णकुमार राईलाई स्वेच्छिक रुपमा नेतृत्व हस्तान्तरण गरेका थिए । तर राईको काम सन्तोषजनक नभएको उनको भनाइ छ ।

‘हाल सेवामा रहेका र अवकाश भइसकेका सबै गोर्खा सैनिक तथा गेसोलाई माया गर्ने बुद्धिजिवीहरुले पनि तपाईं नेतृत्वमा फर्किनुपर्छ भनेकाले म पुनः गेसोको नेतृत्व सम्हाल्ने निर्णयमा पुगें’ उनले भने । हालै ४५ दिनसम्म बेलायत बसेर फर्किएका गुरुङले आफू नेतृत्वमा फर्किएको औपचारिक जानकारी आगामी असोज ३ गते (सेप्टेम्बर १९) पत्रकार सम्मेलन गरेर दिने बताए । गुरुङले सन् २०१७ सेप्टेम्बर १९ मै कृष्णकुमार राईलाई नेतृत्व हस्तान्तरण गरेका थिए ।

स्याङ्जा घर भएका गुरुङ सन् १९५८ मा वृटिश गोर्खा सैनिकमा भर्ती भएका थिए । उनले सन् १९६९ मा अवकाश पाएका थिए ।

त्यसपछि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भएका गुरुङले २०४७ सालमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा गेसो दर्ता गराएर गोर्खा सैनिकहरुको हकहितका लागि संघर्ष सुरु गरेका थिए । गुरुङकै नेतृत्वमा बेलायतका तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरकी श्रीमती चेरी ब्लेयरलाई गेसोको वकिलमा नियुक्त गरेर गेसोले कानुनी लडाइँ लडेको थियो । बेलायतको रोयल कोर्ट अफ जस्टिसबाट मुद्दा जितेपछि गोर्खा सैनिकहरुले पनि बेलायतका सैनिकसरह सेवा सुविधा पाउन थालेका थिए ।

गुरुङले हाल गोर्खा सैनिकको नाममा बेलायतले नेपालीहरुलाई भर्ती गरेर नेपालसँग कूटनीतिक सम्बन्ध भएकै देशहरुविरुद्ध लडाएर युद्ध अपराध गरेको भन्दै गोर्खा भर्ती बन्द गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । उनी भन्छन्, ‘नेपालसँग कूटनीतिक सम्बन्ध रहेका मित्र राष्ट्रहरुको सार्वभौम भूमिमा नेपाली नागरिकलाई वृटिसको बहादुर गोरखा बनाई युद्ध लड्न पठाएर नेपालले कुन नैतिकताको आधारमा असंलग्न परराष्ट्रको कुरा उठाउने ?’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?