+
+

कैलालीमा पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १ गते ७:३९

१ असोज, धनगढी । कैलालीमा अविरल वर्षाका कारण गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । चुरे गाउँपालिका– ६ बालकोटस्थित सडक माथिबाट गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीकाअनुसार राति करिब पौने ३ बजेतिर गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

उनकाअनुसार भिमदत्त राजमार्गकै अन्य  ४/५ ठाउँमा पनि स-साना पहिरो गएर सडक अवरुद्ध भएको छ । अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?