+
+

ब्रान्डले तर्साउन खोजेको आरोपबारे दीपकराज भन्छन्- हामी पनि सुरुमा ब्रान्डसँगै भिडेका थियौं

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३ गते १४:४२

काठमाडौं । फागुन १९ गते ‘छक्कापञ्जा ४’ को रिलिज मिति घोषणा गरेपछि यतिबेला निर्माता दीपकराज गिरीले आरोपको सामना गर्नु परिरहेको छ ।

ब्रान्डले तर्साउन खोजेको भन्दै सोही मितिमा आउन लागेका अन्य फिल्मका निर्माताले असन्तुष्टि जनाइरहेका छन् । सबैभन्दा सुरुमा शर्मिला पाण्डेको ‘परस्त्री’ले उक्त मिति तय गरेको थियो ।

त्यसपछि सोही मितिमा मिलन चाम्सको ‘वर एण्ड वधु’ र सुरक्षा पन्तको फिल्म ‘बुलाकी’ पनि जोडिए । रिलिजको सूचीमा ‘छक्कापञ्जा ४’ पनि थपिएपछि ती निर्माता आक्रोशित मात्र छैनन्, उनीहरुले चलचित्र विकास बोर्डलाई समेत गुहारेका छन् ।

यस्तोमा ‘छक्कापञ्जा’ निर्माता तथा अभिनेता गिरीले आफूमाथि आरोप लगाइरहेका निर्मातालाई जवाफ दिएका छन् । फिल्म ब्रान्डले नभई राम्रो कन्टेन्टले चल्ने गिरीको तर्क छ ।

‘हामी पनि सुरुमा ब्रान्ड थिएनौं । ६ एकान ६ रिलिज हुँदा सुरज सुब्बा नाल्बोको बितेका पल, शिव रेग्मीको पराइजस्ता ब्रान्डहरु जुधेका थिए । तर हाम्रो फिल्म चल्यो । ब्रान्डभन्दा पनि कन्टेन्ट महत्वपूर्ण हो,’ उनले भने ।

बलिउडमा पनि ‘द कश्मीर फाइल्स’ चल्दा अन्य ठूला फिल्म असफल भएको उदाहरण उनले दिए । ‘दर्शकलाई ब्रान्ड होइन, राम्रो फिल्म चाहिएको छ । यदि फिल्म राम्रो छ भने निर्माता डराउनुपर्दैन । झिंगेदाउ पनि दोस्रो साताबाट उकालो लागेको हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?