+
+

नेपाली कांग्रेसको बन्दसूचीमा को-को ? (नामावलीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते ९:४४

९ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा संस्थापन इतर पक्षको नामावली न्यूनमात्र परेको छ । १०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका १३ जना मात्र छन् ।

संस्थापन इतर पक्षबाट डा. चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, टेकप्रसाद गुरुङ, केशरमान रोका, केदारनरसिंह केसी, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादव छन् ।

बन्दसूचीमा आफूहरुको सम्मानजनक प्रतिनिधित्व नगराइएको भन्दै डा. शेखर कोइराला पक्ष रुष्ट छ । उसले प्रत्यक्षको सिट बाँडफाँट र टिकट वितरणमा न्याय नभए चुनाव हारिने चेतावनी दिएको छ ।

नेपाली कांग्रेसको बन्दसूचीको पहिलो नम्बर विमलेन्द्र निधिको नाम छ । त्यसपछि क्रमशः फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशरण महत र आनन्दप्रसाद ढुंगाना छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा आठौं नम्बरमा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण नवौं नम्बरमा छन् ।

शेखर पक्षका नेता अर्जुन नरसिंह केसीको नाम समानुपातिक तर्फ सिफारिस गरिए पनि बन्द सूचीमा राखिएको छैन । मेडिकल कलेज सञ्चालक विवादित व्यक्ति खुमाप्रसाद अर्याल भने बन्द सूचीमा अटेका छन् ।

हेर्नुहोस् सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?