+
+

काइली जेनर यस वर्ष पनि संसारकै महंगी सेलिब्रिटी

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १०:३७

काठमाडौं । प्रतिष्ठित फोर्ब्स म्यागजिनका अनुसार सन् २०२२ मा संसारका महंगा सेलिब्रिटी फिल्म, संगीत, फेसन र खेलकुद क्षेत्रबाट समेटिएका छन् । यो सूचीमा सेलिब्रिटी सम्पत्ति नभएर पारिश्रमिक मात्र जोडिएको छ ।

अमेरिकी मोडल तथा उद्यमी काइली जेनर संसारकै महंगी सेलिब्रिटी बनेकी छन् । उनी सूचीको पहिलो स्थानमा छिन् भने उनको पारिश्रमिक ५८५ मिलियन अमेरिकी डलर छ । अमेरिकी गायिका तथा गीतकार टेलर स्वीफ्ट दोस्रो स्थानमा छिन् र उनको पारिश्रमिक १७०.५ मिलियन डलर छ । फोर्ब्सको तेस्रो स्थानमा अमेरिकी र्‍यापर र फेसन डिजाइनर केनी वेस्ट छन् । सन् २०२२ वेस्टले १५०.२ मिलियन डलर लिएका छन् ।

चौथोमा १२७ मिलियन डलरसहित अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी छन् । पाँचौंमा ११०.३ मिलियन डलरसहित गायक एड सिरन छन् । पोर्चुगिज फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो १०९.२ मिलियन डलरसहित छैटौं स्थानमा छन् भने अमेरिकी रक ब्यान्ड एगल्सले १०१ मिलियन डलरसहित आठौं स्थान सुरक्षित गरेको छ ।

हलिउड अभिनेता ड्वायन जोन्सन ८९.७ मिलियन डलरसहित सूचीको १५ औैं स्थानमा छन् । गायक एल्टन जोन ८४ मिलियन डलरसहित सूचीको १९ औं स्थानमा छन् ।

अमेरिकी र्‍यापर जे जेड ८१.५ मिलियन डलरसहित सूचीको २० औं स्थानमा रहेको फोर्ब्सले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?