+
+

सम्पदा मार्गमा पर्ने सम्पदाको पुनर्निर्माण सुरु

सरकारले सञ्चालनमा ल्याउने भनी घोषणा गरेको सम्पदा मार्गमा पर्ने सम्पदाहरुको पुनर्निर्माण सुरु गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १२:४८

९ असोज, काठमाडौं । सरकारले सञ्चालनमा ल्याउने भनी घोषणा गरेको सम्पदा मार्गमा पर्ने सम्पदाहरुको पुनर्निर्माण सुरु गरिएको छ । हनुमानढोकादेखि स्वयम्भु विश्व सम्पदा पदमार्ग भित्र गर्ने सम्पदाहरुको पुनर्स्थापना अभियानको आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले शुभारम्भ गरे ।

यस अभियानअन्तर्गत २.२ किलामिटर भित्रका सम्पदा पुनर्स्थापना गरिने भएको छ । यी सम्पदाहरुलाई पुरानै शैलीमा पुनर्स्थापना गरिने मन्त्रालयले जनाएको छ ।

सम्पदा मार्गले सांस्कृतिक, सम्पदा झल्काउने, जन्मदेखि मृत्युसम्मका संस्कार हेर्न सकिने मन्त्री श्रेष्ठले जानकारी दिए । यसले पुराना सीप, शैली, पेशा व्यवसायलाई पुनर्स्थापित गरी रोजगारी सिर्जनामा समेत योगदान दिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?