+
+

ग्याँस बिक्रेता महासंघको अध्यक्षमा चन्द्रबहादुर थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते ११:२५

९ असोज, काठमाडौं । खान पकाउने ग्याँस बिक्रेताहरुको छाता संस्था ग्याँस बिक्रेता महासंघको अध्यक्षमा चन्द्रबहादुर थापा चयन भएका छन् । महासंघको शनिबार भएको ९औं साधारणसभाबाट थापा अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद दुलाल, उपाध्यक्षमा नारायणप्रसाद पौडेल, रामप्रसाद ज्ञवाली, विमला श्रेष्ठ, देविलाल गैरे र गेहेन्द्रप्रसाद रिजाल चयन भए । महासंघको महासचिवमा लालबहादुर केसी, सचिवमा राजेश दाहाल, कोषाध्यक्षमा रविन कार्की र सहकोषाध्यक्षमा राधिका महर्जन निर्वाचित भए ।

महासंघको सदस्यहरुमा कृष्णराज खतिवडा, रामशरण पुडासैनी, रमेश भट्टराई, रुपक बस्ताकोटी, रामकुमार खड्का, दिनबन्धु शाह, गोविन्दराज शाह, मधुसुदन ढकाल, महेन्द्र सेठिया,रामचन्द्र ठकुरी, प्रकाश तिवारी, पवनराज भण्डारी, नारायणदत्त दाहाल, श्रीहरी ढकाल र रामचन्द्र कँडेल चयन भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?