+
+

कांग्रेसका पालिका सभापतिहरुको निर्णय : डोटीमा गठबन्धन अस्वीकार्य

रामहरि ओझा रामहरि ओझा
२०७९ असोज ११ गते २०:१३

११ असोज, डोटी । नेपाली कांग्रेस, डोटीका नौवटै पालिका कमिटीका सभापतिले आसन्न निर्वाचनका लागि चुनावी तालमेल नगर्न नेतृत्वलाई दबाव दिएका छन् ।

मंगलबार भएको पालिका सभापतिहरुको बैठकले डोटीको परिवेश र स्थानीय निर्वाचनको मत परिणामअनुसार गठवन्धन आवश्यक नरहेको निष्कर्ष निकालेको हो । स्थानीय तहमा एक्लै चुनाव लडेर ठुलो सफलता प्राप्त गरेको भन्दै बैठकले डोटी कांग्रेसको मर्म विपरित केन्द्रीय कमिटीले चुनावी तालमेल गरेमा चुनाव प्रचारप्रसार र मतदानमा सहभागी नहुने सन्देश दिएको छ ।

शीर्ष तहमा भइरहेको छलफलमा डोटीको प्रतिनिधि सभा सदस्यको सिट एकीकृत समाजवादीका भाग पर्ने सहमति जुटेको छ । केही दिनअघि डोटी जिल्लाबाट प्रतिनिसिभाका लागि सशक्त दाबेदार मानिएका कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कैलाली क्षेत्र–४ बाट चुनाव लड्ने संकेत गरेका थिए । स्रोतका अनुसार बलायरलाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कैलाली ४ या ५ मध्ये एक रोज्न भनेका थिए ।

त्यसप्रति आक्रोशित स्थानीय नेताहरुले पालिका सभापतिहरुको बैठक बोलाएर नेतृत्वलाई खबरदारी गरेका हुन् ।

चुनावी गठवन्धनविरुद्ध केन्द्रीय कमिटीलाई दबाव दिन नौवटै पालिकाका सभापतिहरु एकमत रहेको केआई सिंह गाउँपालिका कमिटीका सभापति अर्जुन बलायरले बताए । ‘कार्यकर्ताहरुबाट जिल्लामा चुनावी तालमेल हुनै नहुने गररी दबाव आइरहेको छ’, बलायरले अनलाइनखबरसँग भने, ‘पालिकास्तरको बैठक बसेर आधिकारिक धारणा बनाउनुपर्‍यो भन्ने भएर बैठक बोलाइएको हो ।’

क्षेत्रीय सभापतिहरुको बैठकले डोटीमा चुनावी तालमेल हुन नुहने प्रष्ट सन्देश दिएको बलायर वताउँछन् । उनका अनुसार जिल्लाको भावना विपरीत सिट बाँडफाँटको निर्णय भए के गर्ने भन्ने बिषयमा समेत छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?