+
+

३ कम्पनीले मागे २ अर्बभन्दा बढीको आईपीओ निष्कासनको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १२ गते ११:५८

१२ असोज, काठमाडौं । तीनवटा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) कोला लागि धितोपत्र बोर्डसँग अनुमति माग गर्दै आवेदन दिएका हुन् । दुईवटा हाइड्रोपावर र एउटा उत्पादनमूलक समूहको सिमेन्ट उद्योगले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउँदै बोर्डमा आवेदन दिएका छन् ।

तीन कम्पनीको २ अर्ब १४ करोड ७१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको २ करोड १४ लाख ७१ हजार ५६८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेका हुन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार मोदी इनर्जी लिमिटेडले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । ३१ भदौमा बोर्डमा आवेदन दिएको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

यस्तै सिमेन्ट उद्योग सोनापुर मिनिरल्स एण्ड आयल मिमिटेडले १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासनमार्फत बिक्री गर्नको लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले ४ असोजमा आईपीओ निष्कासनको लागि आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापीटल लिमिटेड रहेको छ ।

२२ भदौमा माई खोला जलविद्युत कम्पनीले पनि १९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ बराबरको १९ लाख २१ हजार ५६८ कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापीटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यी तीनसहित बोर्डमा आईपीओ निष्कासनको अनुमतिको पर्खाईमा रहेका कम्पनीको संख्या ३५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?