+
+
दशैंको लागि टिकट काट्न सास्ती :

‘टिकट पाउने कसरी ? घर जाने कहिले ?’

शंकर गिरी शंकर गिरी
२०७९ असोज १४ गते ९:४०

१४ असोज, काठमाडौं । काठमाडौं उपत्यकाबाट घर फर्किनेहरुको घुइँचो बसपार्क क्षेत्रमा अचाक्ली बढेको छ । टिकट पाउने आशमा यात्रुहरु ठेलमठेल गर्दै घण्टौं लाइनमा बसेका छन् । तै पनि टिकट पाउने टुंगो हुँदैन ।

नेपालगञ्जको टिकट लिन लाइनमा बसेका सन्देश पौडेलले चार घण्टासम्म लाइनमा बस्दा पनि टिकट नपाएको बताए । ‘ठ्याक्क मेरो पालो आएको थियो, काउन्टरका मान्छेले टिकट छैन भने,’ उनले सुनाए ।

काठमाडौंको नयाँबसपार्क क्षेत्रमा आज बिहान सबेरैदेखि मानिसहरु टिकट लिने लाइनमा थिए । लाइन फनफनी घुमेको थियो । लाइन बसेका अधिकांशले लिनका लागि सास्ती पाएको गुनासो गरे । दाङ जाने योजनामा रहेका रामप्रसाद थारुले तीन दिनसम्म प्रयास गर्दा पनि टिकट काट्न नसकेको बताए ।

पेशाले चालक रहेका उनी अब कसैको गाडी चलाइदिएर भए पनि घरसम्म पुग्ने मनस्थितिमा छन् । ‘यस्तो पाराले टिकट कसरी काट्नु ? घर कहिले जानु ?’ उनले भने, ‘बरु दाङतिर जाने कोही गाडीवाला भए उसको गाडी मै चलाइदिन्थें ।’

टिकट काट्ने स्थानमामा जानु अगाडिको साँघुरो ढोकामा प्रहरीहरु तैनाथ छन् । उनीहरु यात्रुहरुलाई सोधपुछ गरेर मात्र भित्र जान दिन्छन् । भित्र प्रवेश गर्नेहरुको त्यहीँ ठेलमठेल हुन्छ । महिला, पुरुष, युवा, वृद्ध सबै एउटै लाइनमा छन् । बाग्लुङ जाने टिकटका लागि लाइनमा बसेकी एक युवतीले महिलाहरुका लागि अलग्गै लाइन भइदिएको भए यति साह्रो सास्ती भोग्न नपर्ने अनुमान गरिन् ।

भिडभाडको मौकामा सम्भावित पकेटमारी, चोरी लगायतका घटना रोक्ने उद्देश्यले बसपार्क क्षेत्रमा प्रहरीहरुको तैनाथी बढाइएको छ । ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सन्चालन गरेका छन् । तर यात्रुहरूले पाउने सास्ती कम भएको छैन ।

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?