+
+

लुक्लामा रामेछापबाट नियमित उडान शुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १५ गते ८:३८

१५ असोज, काठमाडौं । काठमाडौंबाट भइरहेको सोलुखुम्बुको लुक्लामा हुने नियमित उडान रामेछापको मन्थलीमा सारिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (१ अक्टोवर)बाट लागू हुने गरी वायुसेवा कम्पनीले काठमाडौंबाट एक/एक उडान मात्र लुक्लाका लागि गर्न पाउने र अन्य उडान रामेछापको मन्थलीस्थित विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको थियो ।

सोही अनुसार शनिबार समिट एयरले लुक्लाका लागि रामेछापबाट पहिलो उडान गरेको छ ।त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलका अनुसार काठमाडौंमा बिहानको समयमा हुने हवाई चाप घटाउन यस्तो निर्णय लिइएको हो ।

यसअघि कोभिड भन्दा अगाडी समेत काठमाडौंबाट लुक्लामा भइरहेको उडान रामेछाप सारिएको थियो ।

लुक्लामा समिट एयर, तारा एयर, सीता एयरले नियमित उडान गर्छन् । पर्यटकीय सिजन शुरु भएसँगै लुक्ला व्यस्त रहने गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?