+
+

मकवानपुरमा दलहरुले छुट्टाछुट्टै समयमा उम्मेदवारी दर्ता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १७:१४

२२ असोज, हेटौंडा । मकवानपुरका राजनीतिक दलहरुले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आइतबार गर्नुपर्ने मनोनयन दर्ता छुट्टाछुट्टै समयमा गर्न आन्तरिक सहमति गरेका छन् ।

शनिबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरमा बसेको सर्वदलीय बैठकमा भिडलाई व्यवस्थित गर्न फरक फरक समयमा मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालय जाने सहमति बनेको सहायक निर्वाचन अधिकृत तीर्थराज भट्टराईले जानकारी दिए ।

सर्वदलीय बैठकमा जुटेको सहमतिअनुसार नेपाली कांग्रेस दिउँसो ३ः३० बजे, नेकपा एमाले २ बजे, माओवादी केन्द्र ४ बजे, एकीकृत समाजवादी ४ बजे, राप्रपा १ बजे, राप्रपा नेपाल १ बजे, नेकपा माले ३ बजे उम्मेद्वारी दर्ताको लागि आउने जानकारी गराएका छन् ।

उम्मेदवारको मनोनयन दर्ताको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले दुई वटा प्रतिनिधिसभाको लागि एउटै भवनमा क्षेत्रअनुसार रहने गरि दुई वटा कार्यालयको स्थापना गरेको छ ।

एउटा कार्यालयबाट मकवानपुर प्रतिनिधिसभा १ र सो अन्तर्गतको दुई वटा प्रदेशसभा तथा अर्को कार्यालयबाट प्रतिनिधिसभा २ र सो अन्तर्गतको दुई वटै प्रदेशसभाका उम्मेद्वारको मनोनयन दर्ता गर्ने व्यवस्था मिलाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?