+
+

समानुपातिकतर्फ साढे ६ हजार उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १८:२८

२२ असोज, काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सामानुपातिक पद्धतितर्र्फ करिब साढे ६ हजार उम्मेदवार भएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका छन् ।

प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली मार्फत निर्वाचित हुने ११० सिटका लागि ४८ वटा दलका २ हजार ४३६ जना उम्मेदवारको नाम बुझाएका हुन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० जना प्रतिनिधि चयन हुने संवैधानिक व्यवस्था छ ।

समानुपातिक तर्फ प्रदेश नम्बर १ र मधेश प्रदेशमा ३६/३६ दलले चुनाव लड्दैछन् । प्रदेश १ मा ६६१ र मधेश प्रदेशमा ९४८ जनाको समानुपातिक पद्धतितर्फ उम्मेदवारी परेको छ ।

बागमती प्रदेशमा समानुपातिकतर्फ ४१ दलले ८२५ उम्मेदवार खडा गरेका छन् । गण्डकी प्रदेशमा ३१ दलले ३६८ उम्मेदवारी समानुपातिक तर्फ खडा गर्दा लुम्बिनी प्रदेशमा ३२ दलले ६५७ उम्मेदवार तय गरेका छन् ।

कर्णाली प्रदेश सभामा समानुपातिकतर्फ २८ दलले २२ उम्मेदवार तय गर्दा सुदुरपश्चिम प्रदेशमा ३४ दलले ३७६ उम्मेदवार खडा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?