+
+

३६ सय जनाको उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १७:५५

२३ असोज, काठमाडौं । निर्वाचन आयोगले आइतबार साँझसम्म करिव ३६ सय उम्मेदवारको मनोनयन दर्ता भएको जनाएको छ ।

प्रतिनिधिसभामा १६ सय र सातवटै प्रदेशमा २ हजार गरी ३६ सय जनाको उम्मेदवारी आयोगको प्रणालीमा इन्ट्री भएको छ ।

‘अहिलेसम्म त्यति इन्ट्री भएको छ । कतिपयको इन्ट्री हुने क्रममा छ भने कतिपय बल्ल निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेका छन्’ निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्माले अनलाईखबरसँग भने, ‘यो संख्या अझै बढ्ने देखिन्छ ।’ उनका अनुसार, दुर्गमका केही ठाँउमा सञ्चार सम्पर्क हुन कठिनाइ भएकाले थप विवरणहरु आउने क्रममा छ ।

आयोगले अहिले ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेका उम्मेदवार र उनका प्रतिनिधिहरुलाई मनोनयन दर्ता गर्न दिने जनाएको छ । अब भने अरु व्यक्ति मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा जान पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?