+
+

नवौं राष्ट्रिय खेलकुद : पुरुष हकीमा आर्मीको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १७:५६

२७ असोज, पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको पुरुष हकीमा नेपाल आर्मीले विजयी सुरुवात गरेको छ ।

पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा भएको पुरुष हकीतर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको नवौं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । २८ औं मिनेटमा कार्कीले नै दोस्रो गर्दैै अग्रता दोब्बर बनाए । खेलको ३७ औं मिनेटमा प्रदीप राजवंशीले तेश्रो गोल गरे भने ४२ औं मिनेटमा रोमन रानाले गोल गर्दै आर्मीलाई ४–० को फराकिलो जित दिलाएका हुन् ।

मैदान ढिलो तयार हुँदा प्रतियोगिताको उदघाटन पनि निर्धारित समय भन्दा ढिला भएको थियो । उद्घाटन खेल सुदूरपश्चिम प्रदेश र प्रदेश नं. १ बीच हुने भनिए पनि पहिलो खेलको समय गुज्रिएपछि नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको थियो । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उदघाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?