+
+

इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १२:१६

२८ असोज, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आज (शुक्रबार)देखि सर्वसाधारणका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण सेयर निष्कासनमा ल्याएको हो ।

सार्वजनिक निष्कासनको लागि खुला गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । बाँकी ६ लाख २३ हजार २८९ कित्ता सेयरका सर्वसाधारणबाट आवेदन माग गरिएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले १ कात्तिकसम्म आवेदन दिन सक्छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने कम्पनीले प्रकाशित परेको आहृवापत्रमा उल्लेख छ । आईपीओ निष्कासनको लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा निष्कासनको लागि एनएमबी क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावितलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई निष्कासन गरेको आईपिओ असोज ९ गते आइतबार बाँडफाँड गरेको थियो ।

कम्पनीले भदौ ७ गतेदेखि भदौ २८ गतेसम्म आयोजना स्थल भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानियलाई सेयर निष्कासन गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता सेयर निष्काशनको गर्ने अनुमति पाएको थियो।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, र मेरो मेयरबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी बी प्लस -आईएस)’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको जनाउँछ ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले भोजपुर मै १४.१ मेगावाटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४९ करोड ६० लाख रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानीयलाई ५ करोड ६९ लाख ६९ हजार रुपैयाँ र सर्वसाधारणलाई ६ करोड ७० लाख ३१ हजार रुपैयाँ गरी १२ करोड ४० रुपैयाँ बराबरको सेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ६२ करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?