+
+

साइक्लिङमा आर्मीका राजेश र निश्मालाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते १६:१५

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङमा त्रिभुवन आर्मी क्लबका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेका छन् ।

पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा शनिवार भएको रेसमा राजेशले पुरुष डाउनहिल र निश्माले महिला डाउन हिलमा स्वर्ण पदक जितेका हुन् ।

राजेशले १ मिनेट ४९.१०२ सेकेण्डमा दूरी पुरा गर्दै स्वर्ण जितेका हुन् । यस्तै बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.०५ सेकेण्ड टाइमिङसहित रजत तथा एपीएफका प्रचित थापाले १ मिनेट ५५.६९२ सेकेण्डसहित कास्य जिते ।

महिलातर्फ रेश्माले निर्धारित दुरी २ मिनेट २३.५८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । आर्मीकै उषा खनालले २ मिनेट ३७.४५ सेकेन्डको समय निकाल्दै रजत जितिन् भने गण्डकीकी जमुना थापाले २ मिनेट ४०.०९ सेकेन्डसहित कास्य जितिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?