+
+

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटना, आर्मीका खेलाडीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १३:२०
फाइल तस्वीर

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका प्रहरीले जनाएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको हो ।

सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?