+
+

चुनाव प्रचारका ब्यानर हटाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १९:०६

३१ असोज, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका लागि टाँगिएका ब्यानर तत्काल हटाउने निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरेको छ ।

सोमबार देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँग गृह मन्त्रालयबाट भएको भर्चुअल बैठकमार्फत निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्तो निर्देशन दिएका हुन् ।

उनले उम्मेदवारहरुले विभिन्न स्थानमा ब्यानर टाँगेर प्रचारप्रसार गरिरहेको जानकारी आएको भन्दै त्यस्तो कार्य नगर्न अनुरोध गरे । उनले ब्यानरको दुरुपयोग भइरहेकाले सम्बन्धित उम्मेदवारहरुलाई ब्यानर हटाउन निर्देशन दिन प्रमुख जिल्ला अधिकारीहरुलाई आग्रह गरे ।

‘आचारसंहिता उल्लंघन भइरहेको छ । यसमा सम्बन्धित उम्मेदवारलाई तत्काल हटाउन निर्देशन दिने । नहटाएमा त्यो हटाउन लगाउने र हटाउन लागेको खर्च सम्बन्धित उम्मेदवारहरुबाट भराउने भन्ने कुरापनि आचारसंहितामा उल्लेख छ’ उनले भने ।

सचिव दुवाडीले सरकारी कर्मचारीले कुनैपनि उम्मेदवारको पक्ष अथवा विपक्षमा मत जायर गर्न नपाउने आचारसंहितामा व्यवस्था भएकाले कसैले त्यसो गरेको भेटिएमा सो कार्य रोक्न लगाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?