+
+

कुस्तीका २० मध्ये एपीएफलाई ९ स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १ गते १५:२५

१ कात्तिक, कावासोती । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको कुस्ती प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले ९ वटा स्वर्ण पदक जितेको छ ।

पूर्वी नवलपरासी (नवलपुर)मा २० स्वर्ण पदकका लागि भएको खेलमा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ ५ गरी कुल ९ स्वर्ण पदक जितेको हो । कुस्तीमा महिला र पुरुष दुबैतर्फ १०/१० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

पुरुषतर्फको खेलमा एपीएफले चार वटा स्वर्ण पदक जित्दा मधेश प्रदेशले ३ स्वर्ण, विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरी तथा लुम्बिनी प्रदेशले १/१ स्वर्ण पदक जितेका छन ।

एपीएफका लागि ५७ केजी तौल समूहमा कुन्दन साह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जिते ।

कुस्तीमा मधेश प्रदेशका लागी ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण जिते ।

आर्मीका लागि ७४ केजी तौल समूहमा सुरेश चुनार र ९७ केजी तौल समूहमा नेपाल प्रहरीका सुमिर शाहले स्वर्ण पदक हात पारे । त्यस्तै, लुम्बिनी प्रदेशका लागि ९२ केजी तौल समूहमा रमेश गोतामेले स्वर्ण पदक हात पारे ।

कुस्तीको महिलातर्फका आर्मी र सुदूर पश्चिम प्रदेशले समान पाँच/पाँच वटा स्वर्ण पदक जितेका हुन ।

आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते ।

सुदूरपश्चिम प्रदेशका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा संगिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले स्वर्ण पदक जिते ।

कुस्ती खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?