+
+

८०० मिटर दौडमा सोमबहादुर र फुलमतीले जिते स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते ९:५६

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ८ सय मिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमालले र महिलातर्फ एपीएफकी फुलमती रानाले स्वर्ण पदक जितेका छन् ।

उनीहरु दुवैको व्यक्तिगत तर्फ यो दोस्रो स्वर्ण पदक हो । यसअघि सोमबहादुरले ४०० मिटर दौडमा स्वर्णपदक जितेका थिए । यसैगरी फुलमतीले १५०० मिटर लौडमा पनि स्वर्णपदक जितेकी थिइन् ।

पोखरा रंगशालामा बुधबार फुलमतीले निर्धारित दुरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

महिलातर्फको यस स्पर्धामा त्रिभुवन आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डसहित रजत जितिन् । आर्मीकै रेखा लिम्बुले २ मिनेट ३०.४८ सेकेन्डमा दौड पूरा गर्दै कास्य जितिन् ।
यसैगरी पुरुषतर्फ ८ सय मिटर दौड १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै सोमबहादुरले स्वर्ण जिते ।

यस स्पर्धामा नेपाल पुलिस क्लबका तेज बहादुर कार्कीले १ मिनेट ५५.२१ सेकेन्ड टाइमिङ निकाल्दै रजत जिते । आर्मीका सुनिल सुनारले १ मिनेट ५५.५२ सेकेन्ड टाइमिङ सहित कास्य जिते ।

८ सय मिटर पुरुष दौडमा राष्ट्रिय कीर्तिमान सोमबहादुरकै नाममा छ । उनले सन् २०१८ को जाकार्ता एसियन गेम्समा १ मिनेट ५०.२५ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?