+
+

करातेमा नेपाल पुलिसलाई सर्वाधिक ९ स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते ६:१९

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, २०७९ अन्तर्गत करातेका १९ स्वर्ण पदकमध्ये बिभागीय नेपाल पुलिस क्लबले सर्वाधिक ९ स्वर्ण पदक हात पारेको छ ।

गत असोज २९ गतेदेखि बुधबारसम्म पर्वत सदरमुकाम कुश्मा बजारको बडागाउँस्थीत सेमी कभर्ड हलमा भएको ५३ औं राष्ट्रिय कराते प्रतियोगितामा पुलिसले ९ स्वर्ण, ३ रजत र ५ कास्य पदक गरी १७ पदक जित्यो ।

अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोश्रो भयो । एपीएफले ५ स्वर्ण, २ रजत र ७ कास्य सहित १४ पदकका साथ दोस्रो भयो ।

तेस्रो स्थानमा पनि विभागीय टीम नै हाबी भएको छ । तेस्रो स्थानमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २ स्वर्ण, ५ रजत र १ कास्य गरी ८ पदक हासिल गर्यो ।

कराँतेमा बागमती प्रदेशले २ स्वर्ण, २ रजत र ४ कास्य गरी ८ पदक हात पारेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशले १ स्वर्ण सहित ६ कास्य पदक प्राप्त गर्दा गण्डकीले ३ रजत र ३ कास्यमा चित्त बुझाएको छ । प्रदेश नम्बर १ ले ३ रजत र ६ कास्यपदक प्राप्त गर्‍यो ।

लुम्बिनी प्रदेशले १ रजत र ३ कास्य पदक प्राप्त गर्दा कर्णालीले भने २ कास्य पदकमा मात्रै चित्त बुझाउनुपर्‍यो । कर्णाली प्रदेशले २ कास्य पदक लिन सफल हुँदा मधेश प्रदेशले भने १ कास्यमा मात्रै चित्त बुझाएको छ ।

कराँतेमा १९ स्वर्ण, १९ रजत र ३८ कास्य सहित जम्मा ७६ पदकका लागि खेल भएको थियो ।

हतारमा भएको तयारीका बिच करातेका खेलाडीहरुले भने पर्वतमा खेल पूर्वाधारको अभाव भएको प्रतिकृया दिएका छन् । खेलको अन्तिम दिन खेलाडीलाई कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले पदक हस्तान्तरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?