+
+

२०० मिटर दौडमा शिवराज र निशाले जिते स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते ८:४०

३ कात्तिक, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार बिहान सम्पन्न २०० मिटर पुरुष दौडमा एपीएफका शिवराज पार्कीले स्वर्णपदक जितेका छन् ।

२०० मिटर दौडको महिलातर्फको स्पर्धामा लुम्बिनीकी निशा चौधरीले स्वर्ण जितिन् ।

शिवराजले निर्धारित दुरी २१ः९१ सेकेण्डको टाइमिङमा पूरा गरेर पहिलो भए । एपीएफकै आशिष चौधरी दोस्रो र त्रिभुवन आर्मी क्लबका युवराज विक तेस्रो भए । २२ः०५ सेकेण्डको टाइमिङमा निर्धारित दुरी पार गरेका आशिषले रजत र २२ः५० सेकेण्डको टाइमिङमा दुरी पार गरेका युवराजले कास्य पदक जिते ।

आठौं राष्ट्रियमा १०० र २०० मिटर दुवैमा स्वर्ण जितेका आशिषको यस पटक भने स्वर्ण जित्ने लक्ष्य पूरा हुन सकेन । दुवै विधामा शिवराजले नै स्वर्ण जिते ।

शिवराज पार्की

शिवराजको यो तेस्रो स्वर्ण हो । यसअघि उनले १०० मिटर र ४ गुणा १०० मिटर रिलेमा पनि स्वर्ण जितेका थिए ।

यसैगरी निशाले २०० मिटरको निर्धारित दुरी २५ः२४ सेकेण्डको टाइमिङमा पूरा गरेर स्वर्ण जितिन् । उनले १०० मिटरमा टोकियो ओलम्पिकमा सहभागी जनाएकी त्रिभुवन आर्मीकी सरस्वती चौधरीलाई पछि पारिन् । सरस्वतीले २५:९५ सेकेण्डको टाइमिङसहित रजत जितिन् भने नेपाल पुलिसकी लक्ष्मी साउदले २६:५२ सेकेण्ड टाइमिङ सहित कास्य जितिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?