+
+

टीभी रियालिटी शो ‘सेफ नेपाल’को मास्टर जजमा सन्तोष साह अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १०:४२

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’को मास्टर जजमा सन्तोष साह अनुबन्धित भएका छन् । शोमा सहभागी हुन बेलायतदेखि नेपाल आइपुगेका साह मुख्य निर्णायकको रुपमा १८ वटै एपिसोडमा देखिनेछन् ।

बीबीसी मास्टरसेफ रियालिटी शोबाट विश्वचर्चित बनेका साहले उक्त शोको रिम्याच उपाधि पनि जितेका थिए । सेफ नेपालमा लक्ष्मण भण्डारी र गणेश ढकाल जजको रुपमा छन् ।

‘हामीले उहाँको अन्तर्राष्ट्रिय अनुभवलाई आत्मसात गर्न खोजेका हौं । यसलाई पूर्णरुपमा रियालिटी शो बनाउने उद्देश्य पनि हो,’ निर्माता धर्मराज पाण्डेले अनलाइनखबरसँग भने ।

कात्तिक तेस्रो सातादेखि छायांकन सुरु हुने शोमा ८० जना प्रतिस्पर्धीले भाग लिंदैछन् । नेपालमा पाक कलासम्बन्धी पहिलो टेलिभिजन रियालिटी शो गर्न लागिएको हो जुन हिमालय टीभीबाट प्रसारण हुनेछ ।

‘हामीले यसलाई अन्तर्राष्ट्रियस्तरको खाना पकाउनेसम्बन्धी शोको रुपमा स्थापित गर्न लागेका हौं । यसमा सेफ साहको भूमिका महत्वपूर्ण हुन्छ,’ पाण्डेले भने । शोमा अभिनेत्री प्रियंका कार्की सेलिब्रिटी जज तथा कार्यकारी निर्मात्रीको रुपमा हुनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?