+
+

जिम्मेवारी पूरा गर्न नसकेको भन्दै बेलायती प्रधानमन्त्रीले दिइन् राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते १८:४२

३ कात्तिक, काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रुसले दुई महिना पनि नपुग्दै राजीनामा गरेकी छिन् ।

आफू जुन जिम्मेवारीका साथ प्रधानमन्त्री बनेको हो त्यो जिम्मेवारी पूरा गर्न नसकेका कारण राजीनामा दिएको उनले बताएकी छिन् ।

आर्थिक तथा अन्तर्राष्ट्रिय स्तरमा अस्थिरता रहेको बेला आफूले प्रधानमन्त्रीको जिम्मेवारी लिएको स्मरण गर्दै उनले भनिन्, ‘जुन स्थितिमा कन्जरभेटिव पार्टीले जुन म्यान्डेड दिएर मलाई प्रधानमन्त्री चुनेको थियो, त्यसलाई मैले पूरा गर्न सकिनँ ।’

जिम्मेवारी छाडेको घोषणासँगै उनले कन्जरभेटिव पार्टीका नेता अर्को हप्ता चयन हुने र नयाँ प्रधानमन्त्री बन्ने उनले बताएकी छिन् ।

उनले राजा चार्ल्सलाई भेटेर आफूले कन्जरभेटिव पार्टीको नेताबाट राजनीनामा दिन लागेको जानकारी यसअघि नै गराएकी बताइन् ।

बोरिस जोन्सनको राजीनामापछि उनी भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै बेलायतको प्रधानमन्त्री बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?