+
+

मसालबाट विभाजित पक्षले ब्युँतायो नेकपा मशाल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते २०:२७

३ कात्तिक, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (मसाल) बाट विभाजित समूहले नेकपा मशाल ब्युँताएको छ । मसालको असन्तुष्ट समूहको लुम्बिनीमा सम्पन्न विशेष महाधिवेशनले नेकपा मशाल (मोटो मशाल) का रुपमा पार्टीलाई अघि बढाउने निर्णय गरेको हो ।

महाधिवेशनले सन्तबहादुर नेपालीलाई महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको २५ पूर्ण १० वैकल्पिक गरी ३५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ ।

महाधिवेशनबारे जानकारी गराउन बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव नेपालीले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल दक्षिणपन्थी संशोधनवादी भएकाले पार्टीबाट विद्रोह गर्नुपरेको बताए ।

उनले मसालका महामन्त्री मोहनविक्रम सिंह र नेता चित्रबहादुर केसीलाई पार्टीबाट निष्काशन गरिएको दावी गरे । नेकपा मशालले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग नलिने महासचिव नेपालीले बताए ।

मशालको पार्टीको मूल संरचना भूमिगत रहने तर जिल्लास्तरका नेता खुला हुने उनले बताए । महाधिवेशनले पार्टीको सहयोगी संगठनको रुपमा रहेको जातीय समता समाजलाई विघटन गरेको छ ।

स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिहरु समेत राष्ट्रिय जनमोर्चाका ५० प्रतिशत नेता कार्यकर्ता आफ्नो पक्षमा रहेको महासचिव नेपालीको दावी छ । पार्टी पोलिटब्यूरो सदस्यहरु कृष्णराज पौडेलले बागलुङ, अर्घाखाँची, प्यूठानसहित ४० भन्दा बढी जिल्लामा पार्टीको संगठन बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?