+
+

इण्डोनेसियामा सिरप तथा झोल औषधि बिक्रीमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते १४:०५

४ कात्तिक, काठमाडौं । ९९ जना बालबालिकाको मृत्यु भएपछि इण्डोनेसियाले सिरप तथा झोल औषधि बिक्रीमा रोक लगाएको छ ।

ती बालबालिकाले प्रयोग गरेको सिरपमा मिर्गौलालाई हानी गर्ने तत्व रहेको र त्यसकै कारण उनीहरुको मृत्यु भएको इण्डोनेसियाको दाबी छ । उसले त्यो औषधिका कारण बालबालिकाको मिर्गौलामा घाउ भएको र त्यसैले उनीहरुको मृत्यु भएको दाबी गरेको छ ।

बालबालिकाको स्वास्थ्यमा गम्भीर असर गर्ने र मृत्यु नै हुने औषधिको प्रयोगमा रोक लगाएको इण्डोनेसियाले बताएको छ । तर उसले प्रतिबन्ध लगाएका औषधि इण्डोनेसियाकै उत्पादन हुन् वा विदेशी उत्पादन हुन् भन्ने बारेमा केही बताएको छ ।

यसअघि पश्चिम अफ्रिकी देश गाम्बियामा भारतमा उत्पादन भएका खोकीको झोल औषधिमा भएकै तत्वका कारण ७० जना बालबालिकाको मृत्यु भएको पाइएको थियो ।

त्यसपछि विश्वस्वास्थ्य संगठनले भारतमा बनेका केही झोल औषधिमा प्रतिबन्ध लगाएको छ ।

इण्डोनेसियाका अधिकारीहरुले गाम्बियामा प्रयोग भएकै ब्राण्डका औषधिको बिक्री वितरण आफूहरुकोमा नभएको पनि स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?