+
+

एमाले एक्लैले बहुमत ल्याउँछ : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ९ गते १३:००

९ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् ।

सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले आफ्नो दलले पाँच वर्ष एक्लै सरकार चलाउन सक्ने गरी बहुमत ल्याउने बताएका हुन् ।

न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘मैले आफैं पनि प्रत्येक निर्वाचन क्षेत्रको स्थितिको बारेमा जानकारी लिने गर्छु । मैले १६५ निर्वाचन क्षेत्रको कुरा गर्दाखेरि र समानुपातिकतर्फको कुरा गर्दा हामी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गर्दा नेकपा (एमाले) दुई तिहाई त म भन्दिन । साधारण बहुमत नेकपा (एमाले) एक्लैले ल्याउने स्थिति छ ।’

सत्तारुढ गठबन्धनको गतिविधिका कारण मतदाताले उनीहरुलाई मत नदिने पौडेलले बताए । ‘गठबन्धन र यो गठबन्धनका प्रभावहरु, यसका काम कारबाहीका प्रभावहरुले आम मानिसहरुलाई यो गठबन्धनलाई मुलुकको नेतृत्व दिन सकिँदैन भन्ने त्यो अनुभुति दिएको छ’ उनले भने ।

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा सबैभन्दा व्यवस्थित ढंगले अघि बढेकोसमेत जिकिर गरे । उनले रुपन्देही–२ मा आफू सानदार ढंगले निर्वाचित हुने दावी गरे ।

‘रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा (एमाले) विजयी हुन्छ, सानदार ढंगले विजयी हुन्छ । र, विगतमा निर्वाचनका नतिजाहरुलाई ब्रेक गर्ने गरी विजयी हुन्छ भन्ने त्यहाँका जनताको ठम्याइ छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?