+
+

चेल्सी र लिभरपुल पराजित, टोटनहमको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते ७:४३

१३ कात्तिक काठमाडौं । प्रिमियर लिग फुटबलमा शनिबार राति ठूला क्लब चेल्सी र लिभरपुल पराजित भएका छन् । टोटनहमले भने रोमाञ्चक जित निकालेको छ ।

चेल्सी ब्राइटनसँग उसैको मैदानमा ४-१ ले पराजित भयो । ब्राइटनका लागि लिएन्ड्रो ट्रोसार्ड र पास्कल ग्रोसले एक/एक गोल गरेका थिए । चेल्सीका रुबेन लोफ्टस चिक र ट्रेबो चालोबाहले आत्मघाती गोल उपहार दिए ।

माटेओ कोभासिसले चेल्सीका लागि एक गोल फर्काए ।

पराजित चेल्सी १२ खेलबाट २१ अंकसहित चौथो स्थानमै छ । ब्राइटन १२ खेलबाट १८ अंक जोडेर आठौं स्थानमा उक्लेको छ ।

यस्तै लिभरपुल भने घरेलु मैदानमै लिड्स युनाइटेडसँग २-१ ले पराजित भयो । लिड्सलाई शानदार जित दिलाउने क्रेममा एनफिल्ड मैदानमा रोड्रिगो मोरेनो र क्राइसेन्सिओ समरभिलले गोल गरे । लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए ।

लिभरपुल १२ खेलबाट १६ अंकसहित नवौँ स्थानमा छ । लिड्स १२ खेलबाट १२ अंक जोडेर १५औं स्थानमा उक्लेको छ ।

टोटनहमले भने दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै एएफसी बर्नमाउथलाई ३-२ ले पराजित गरेको छ ।

टोटनहमका लागि राएन सेसेगोन, बेन डेभिस र रोड्रिगो बेन्टानकुरले गोल गरे । बेन्टानकुरले इन्जुरी टाइममा विजयी गोल गरेका थिए । त्यसअघि के मुरले दुई गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएपनि जोगाउन सकेन  ।

जितपछि १३ खेलबाट २६ अंक जोडेको टोटनहम तेस्रो स्थानमै छ ।

उता यस सिजन लयमा रहेको न्युकासल युनाइटेडले एस्टन भिल्लामाथि ४-० को जित निकालेको छ । घरेलु मैदान न्युकासलललाई जित दिलाउन कलुम विल्सनले दुई तथा जोएलिन्टन र मानुएल अल्मिरोनले एक एक गोल गरे ।

जितपछि न्युकासल १३ खेलबाट २४ अंक जोडेर चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?